नेपालको कृषियोग्य जमिन ध्वस्त, जग्गा सबै दलालको कब्जामा : कृषिमन्त्री खनाल ।।



सैघाली खबर/बुटवल, २३ जेठ।
कृषिमन्त्री चक्रपाणि खनालले नेपालको जग्गाजति दलालको हातमा रहको बताएका छन् । बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले दलालको मनपरीले कृषियोग्य जमिन ध्वस्त भएको दाबी गरे ।

मन्त्री खनालले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको जानकारी गराए । भूमिसम्बन्धी नीति, ऐन भुउपयोग नीतिलगायतका कानुनहरु बनाएर कृषियोग्य भूमि बचाउने उनको जिकिर छ । ‘मैले जग्गाको २५ प्रकारको वर्गीकरण गरेको छु, नीतिबाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ’ मन्त्री खनालले भने ।

कृषि योग्य जमिनको लागि हरियो लालपूर्जा बनेको बताउँदै उनले यस्तो लालपूर्जाको आधारमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियतको व्यवस्था गर्ने पनि उल्लेख गरे । अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले देशभर रहेका १ लाख २१ हजार मोहीको संख्या पनि घटाउने दावी गरे ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्