सेवाग्राहीबाट घुस लिदा अख्तियारको फन्दामा ।।



सैघाली खबर, २३ जेठ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दासलाई पक्राउ गरेको छ । घूस लिएको आरोपमा आयोगको टोलीले शाखा अधिकृत दासलाई पक्राउ गरेको हो ।

अधिकृत दासले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयले जनाएको छ । शाखा अधिकृत दास चढेको बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको अख्तियारको कार्यालयले जनाएको छ ।

अधिकृत दासलाई बर्दिवास ल्याउने तयारी भैरहेको र थप अनुसन्धान हुने कार्यालयले जनाएको छ । दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले जिल्ला अदालत सर्लाहीको अगाडिको चोकबाट नियन्त्रणमा लिएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्