कांग्रेस-एमालेको जोड़ चलेन, थवाङमा माओवादी केन्द्र विजयी



थवाङ गाउँपालिका माओवादी केन्द्रमा माओवादी केन्द्रले जितेको  छ । कांग्रेस–एमाले र विप्लवको तालमेललाई परास्त गरि माओवादी केन्द्र विजयी बनेको हो ।

प्रमुखमा विजयी माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर घर्तीले १९९० मत ल्याएका छन् । स्वतन्त्रबाट उठेका विप्लवका उम्मेदवार यहाँ दोस्रो भएका छन् ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी रामकिरणी रोका विजयी भएकी छन् । उनले १९६७ मत पाएकी छन् ।

१० स्थानीय तह रहेको रोल्पाको यो पहिलो परिणाम हो । जिल्लाको अन्य स्थानीय तहको मत गणना धमाधम भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्