वैदेशिक रोजगारीको क्रममा अंगभंग/ज्यान गयो ? क्षतिपूर्तिका लागि यस्तो छ प्रक्रिया……..



सैघाली खबर, २३ जेठ।
नेपालबाट हरेक दिन करिव १८ सय युवा रोजगारीका लागि विदेश जाने गरेका छन् । हरेक दिन सरदर ३ जनाको शव नेपाल आउने गरेको छ । घाइते अंगभंग हुने संख्या पनि सरदरमा दिन १५ देखि २० जना रहेको वैदेशीक रोजगार प्रदर्शन वोर्डको तथ्याङ्क छ । तर, मृत्यु भएकाहरुको शव नेपाल ल्याउन अहिले पनि चुनौती रहेको प्रवासी नेपाली समन्य समितिका निवर्तमान अध्यक्ष महेन्द्र पाण्डेको अनुभव छ ।

वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा वा अंगभंग भएमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने राहत रकम तीन लाखबाट वृद्धि गरेर सातलाख रुपैयाँ पु¥याएको छ । कामदारको मृत्यु भएमा वा अंगभंग भएमा यस वाहेक बीमा कम्पनीबाट बीमा बापत बढीमा २० लाख पाउने व्यवस्था छ । बीमा बापतको १५ लाख र विभिन्न १० प्रकारका रोग लागेमा थप पाँच लाख गरी कामदारले २० लाखसम्म पाउँछन् ।

यसरी बीमा बापतको बढीमा २० लाख र बोर्डबाट सातलाख गरी कामदारको मृत्यु भएमा वा अंगभंग भएमा २७ लाखसम्म कामदारका परिवारले पाउनेछन् । त्यसलाई थप सजिलो बनाइएको वैदेशीक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेको दावी छ । करार अवधि सकिएको कामदारका हकमा समेत उसको मृत्यु भएमा बोर्डकै रकममा उसको शव नेपालल्याउन सक्ने व्यवस्था छ ।

क्षतिपूर्ति वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश गएको हुनुपर्छ । दुर्घटना भएको अवस्थामा अंग भंग भएको प्रमाणित भएको एक बर्ष्भित्र मृतक कामदारको परिवारले र सम्बन्धित व्यक्तिले निवेदन पेश गरिसक्नु पर्छ । नीतिगत व्यवस्था र प्रक्रिया तोकिए पनि जाने कामदारको तुलनामा कर्मचारी नहुँदा समस्या हुने गरेको प्रवासी नेपाली समन्वय समितिका पाण्डेको तर्क छ ।

१० वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ५ हजार ९३२ जना मृतकका आफन्तले आर्थिक सहायता लिएका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई वि.सं. २०६५ देखि हालसम्म एक अर्ब ७ करोड, २० लाख, ५४ हजार आर्थिक सहयोग गरिएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्