सैघाली खबर
वरिुगन्ज , २३ जेठ । भारतबाट अवैधरुपमा नेपाल भित्रयाइएको ठूलो परिमाणको भारतीय नोटसहित दुईजना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्जको रजत जयन्ती चोकबाट प्रहरीले ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्रेको हो । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–६ स्थायी घर भइ हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा बस्दै आएका ३० वर्षीय चित्तरन्जन प्रसाद र भारत बिहारको मोतिहारीका १८ वर्षीय रोहित कुमार केशरी रहेका छन् ।
चित्त रन्जनको साथबाट भारु दुई हजारको नोट एक हजार तीन सय ९० थान ९ २७ लाख ८० हजार भारु ० र रोहीतको साथबाट भारु दुई हजारको नोट दुई सय थान ९ चार लाख भारु ० बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगन्ज आउँदै गरेका दुवैलाई मंगलबार बेलुको रजतजयन्ती चोकमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको ढकालले बताए ।
बरामद भारुको श्रोत बताउन नसकेपछि दुवैलाई नियन्त्रणा लिइएको हो । उनीहरुलाई कारवाहीका लागि राजश्व अनुसन्धन विभाग हरिहर भवन पठाइएको छ । नेपाल राष्ट्र बैंकले भारु नोट वितरणमा कडाइ गरेपछि वीरगन्जका मनी चेन्जरहरुले रक्सौलबाट गैरकानुनी रुपमा भारु नोट ल्याएर कारोबार गर्न थालेको प्रहरी श्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।