तुलसीपुर उपमहानगरपालिका विद्यालय मर्जको तयारीमा



दाङ जेठ २३ । तुलसीपुर उपमहानगरपालिकाले कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरु मर्ज गर्ने प्रक्रिया अगाडि वढाएको छ । लामो समयदेखि चल्दै आएको भएपनि विद्यार्थीसंख्या अति न्युन रहेका सामुदायिक विद्यालयहरुलाई उपमहानगरपालिकाले कार्यविधि वनाएर गाभ्ने प्रक्रिया अगाडि वढाउने निर्णय गरेको थियो । पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका १६ भेलाहीमा रहेको नेत्रज्योति प्राविलाई आधारभुत विद्यालय लक्ष्मीपुरमा र वडा नम्वर ३ मा रहेको प्रावि थापापानीलाई मावि प्रतापकोटमा गाँभिएको हो । अन्य विद्यालयहरुले पनि गाँभिनका लागि निवेदन दिएको र त्यसलाई क्रमश अनुगमन गरेर कार्यान्वयन गरिने वताइएको छ ।

गाँभिएका विद्यालयमा रहेका शिक्षकहरुलाई आवश्यकता अनुसार विभिन्न विद्यालयमा पठाइने पनि संयोजक विकले वताए । उपमहानगरपालिकामा वसेको शिक्षा समितिको बैठकले विद्यालयहरुमा हुने साँस्कृतिक कार्यक्रमहरुमा वालमनोविज्ञानमा नकारात्मक असर पार्ने खालका गीत र नृत्य प्रस्तुत नगर्न आग्रह गर्ने निर्णय गरेको छ । वालवालिकाहरुलाई सस्ता,भद्दा र अश्लिल खालका गीतमा नृत्य गराउनाले उनीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने भन्दै वैठकले राष्ट्रिय भावधाराका गीतहरुमा नृत्य गर्नका लागि आग्रह गर्ने समेत निर्णय गरेको छ ।

 

यसैगरी शिक्षक महासंघले वुझाएका विरोध तथा मागपत्र अध्ययन गरेर स्थानीय तहले गर्ने भनेका कुरा स्थानीय तह र संघ र प्रदेशले गर्ने कुराका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ । वैठकमा शिक्षा समिति सदस्यहरु कुमार लामिछाने, डिला परियार, चित्रा मल्ल, दिपक कुमाल, ढकवहादुर वली, सदस्य सचिव वासुदेव लामिछाने, प्रेस संयोजक वसन्त विवश आचार्य र स्रोत व्यक्ति मुकुन्द रिजालको पनि सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्