दाङमा साढे सातसय बेपत्ता – कारण छ यस्तो



 

तुलसपिुर २३ जेठ । दुई बर्षमा दाङमा साढे सात सय मानिस बेपता भएका छन् । वितेको दुई आर्थिक वर्षमा साढे सात सय मानिस बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङको महिला तथा बालवालिका सेवा केन्द्रको तथ्याङकमा छ । गएको आर्थिक बर्ष २०७३/ ०७४ मा चार सय चार जना मानिस बेपत्ता भएका थिए ।

जस मध्य एक सय १५ जना मानिस फेला परेको सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक नन्दकली कटुवालले जानकारी दिईन् । बेपत्ता हुनेमा अधिंकास महिला र बालबालिका मात्र रहेका छन् । उनीहरु बेपत्ता हुनुको कारण कतिपय आर्थिक अवस्था कमजोर भएको र कतिपय विभिन्न घरायसी समस्या रहेको उनले बताईन् । उनले भनिन् ‘आर्थिक अबस्था कमजोर भएकाले हराउनेको दर बढ्दै गईरहेको नन्दकली कटुवालले जानकारी दिईन्छ  ।

 

 

केन्द्रकी प्रहरी सहायक निरीक्षक कटुवालका अनुसार गत वर्ष दाङबाट २० वर्षदेखी माथिका दुई सय ६१ जना महिला बेपत्ता भएकोमा ७३ जना फेला परेका थिए । यस्तै ७४ जना बालक हराएकोमा १६ जना फेला परेका छन् । उनीहरु विभिन्न ठाउमा मजदुरीमा संलग्न रहेको अवस्थामा भेटिएका हुन्् । यस्तै ६९ जना बालीका हराएकोमा २६ जना फेला परेका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको बैशाख सम्ममा तीन सय ३७ जना बेपत्ता भएका छन् । जसमा एक सय जना मानिस फेला परेका छन् । चालु आर्थिकको बैशाख २० गतेसम्मको कार्यालयको तथ्याङक २० वर्ष माथिका महिला दुई सय १३ जना बेपत्ता भएकोमा ५० जना फेला परेको छन् । यस्तै ६८ जना बालक बेपत्ता भएकोमा २९ जना फेला परेका छन् भने ५६ जना बालिका बेपत्ता भएकोमा २१ जना फेला परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्