नेकपाका सांसदले आफ्नै पार्टीका सांसदलाई कार्यालयमै झापड हानेपछि ………..



प्रदेश सभा २ का सांसद मञ्जु यादवले नेकपा संसदीय दलको कार्यालयमा नेकपाकै अर्का सांसद किशोरी साहलाई मंगलबार झापड हानेको खुलेको छ । कम्प्युटर टाइप गर्ने विषयमा भएको विवादमा उनले साहलाई झापड हानेकी हुन् ।

प्रदेश सभाको बैठकपछि तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा सांसदहरुको नीति तथा कार्यक्रम टाइप गर्ने विषयमा विवाद भएको थियो । सांसद साहले नीति तथा कार्यक्रम टाइप गर्न लगाउन आफ्नै घरबाट ल्यापटप ल्याएका थिए । उनले बाहिरबाटै कम्पुटर अपरेट पनि ल्याएका थिए ।

स्रोतका अनुसार मञ्जु यादवले भने आफ्ना योजना आफैँले टाइप गर्ने बताइन् । कम्प्युटर अपरेटरले ल्यापटप यादवलाई नै दिए । उनले टाइप गरिरहँदा धेरै समय लगाएको भन्दै अपरेटरले आक्रोश पोखे । यादवले पनि अपरेटरलाई हल्ला नगर्न चेतावनी दिइन, आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

समाचार मा अगाडी भनिएको छ, “सांसद यादव र कम्युटर अपरेटरबीच भनाभन भएपछि संसदीय दलका नेता सत्यनारायण मण्डलले दुवैलाई सम्झाउने प्रयास गरेका थिए । तर, यादवले मण्डललको कुरा सुनिनन् । त्यसपछि अर्का सांसद किशोरी साहले यादवलाई हप्काएका थिए । त्यसपछि यादवले ‘तिमी मलाई हप्काउने को हो ?’ भन्दै झापड हानेकी थिइन् ।”

नेकपाले घटना गुपचुप राख्न खोजेको थियो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार राखेको एक कार्यक्रममा यो विषयले प्रवेश पाएपछि घटना बाहिरिएको हो । यादव समानुपातिक सांसद हुन् । उनी शत्रुधन महतो गुटकी हुन् ।

साह भने धनुषा क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद हुन् । उनी सत्यनारायण मण्डल गुटका हुन् । संसदीय दलका नेता सत्यनारायणका गुटका सांसदले यादवलाई काडा कारवाहीको माग गरेका छन् । मंगलवार नै बसेको मण्डल गुटका सांसदको बैठकले कारवाही माग गरेको हो । तर संसदीय दलको नेतामा मण्डलसँग पराजित सत्रुधन महतो गुटका सांसद भने मञ्जु यादवको पक्षमा रहेको स्रोतको भनाइ छ ।

प्रदेश सभा सदस्य किशोरी साहले आफुमाथि गुट फरक भएका कारण झापड हानिएको बताए । संसदीय दलको नेतामा सत्यनारायणलाई सहयोग गरेपछि पटक–पटक दुव्र्यवाहर गर्ने गरेको आरोप लगाए ।

अध्यक्षलाई जानकारी दियौँ : सांसद साह
घटनाको बारे मंगलवार नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, नेता इश्वर पोखरेल लगायतलाई जानकारी गराइएको छ । बिहीबार लिखित रूपमा कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा पत्र पठाउछौँ ।

झापड हानेको होइन : सांसद यादव
सांसद यादवले भने आफूले झापड नहानेको बताएकी छन् । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भनिन्,‘संसदीय दलको कार्यालयमा भएको घटना सार्वजनिक हुदाँ म आश्र्यचकित भएकी छु । कसैमाथि हातपात गर्न मेराे मानसिक अवस्था बिग्रेको छैन, ममाथि  दुव्र्यवहार गर्ने प्रयास भएपछि अाफ्नाे बचाउ मात्र गरेकी हुँ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्