शुरु भयो आठौँ राष्ट्रिय खेलकुदको तयारी



बाँके, २४ जेठ
आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ ।

सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन ।

प्रतियोगितालाई सहयोग र लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि बढेको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अनुसार अहिलेसम्म विकास निर्माणको झण्डै ४० प्रतिशत सम्पन्न भइसकेको छ । नेपालगञ्ज रंगशालालाई अत्याधुनिक बनाउने काम भइरहेको छ ।

त्यसका लागि प्यारापिट बनाउने, ट्रयाक सम्याउने, अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी बनाउने, भारोत्तोलन एकेडेमी बनाउने, जिल्लाको सीतापुरमा भलिबलको स्टेडियम र सुटिङ रेन्ज र कभर्डहल बनाउने काम भइरहेको समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्