तुलसीपुरमा हुने भयो मेयरकप फुटबल प्रतियोगिता



दाङ,२४ जेठ । तुलसीपुरमा मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा तुलसीपुर फुटवल प्रतियोगिता हुन लागेको खेल संयोजक अमर नेपाली ¬(माईकल)ले जानकारी दिनुभयो । भोली शुक्रबार देखि सुरु हुने फुटबल प्रतियोगिता जेठ ३१ गते सम्म संचालन हुने संयोजक नेपालीले वताउँनुभयो । भोली दिउसो २ बजे तुलसीपुर उपमहानगरपालिकाका मेयर धनश्याम पाण्डेले खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

खेलमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाका खेलाडीहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । खेलमा प्रथम हुनेले ५० हजार द्धतीय ३० हजार तृतीय हुने समुहले २० हजार पुरस्कार प्रदान गरिने भएको छ । यसका साथै खेलमा सहभागी उत्कृष्ट खेलाडीलाई नगद र प्रमाणपत्रद्धारा सम्मान गरिने समेत उहाँले वताउँनुभयो । खेलको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिता वडा स्तरमा रहेका खेलाडीको क्षमता बाहिर ल्याउँने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्