बजारमा वजेटको प्रभाव,  उपभोग्य वस्तुको कृत्रिम अभाव



 गिरिराज नेपाली 

दाङ , २४ जेठ । आगामी आर्थिक वर्ष २०७५÷७६ देखि लागु हुने गरी सरकारले केही दैनिक उपभोग्य खाद्य वस्तुको नयाँ मुल्य बृद्धि गरेसंगै उपभोग्य वस्तुको कृत्रिम  अभाव शुरु भएको छ । नयाँ मुल्य निर्धारण संगै  व्यापारीहरुले वस्तु लुकाउदाँ बजारमा उपभोग्यवस्तुको अभाव शुरु भएको सर्वसाधारणहरुको गुनासो छ ।

जसका कारण दैनिक उपभोग्य वस्तु कालोबजारी शुरु भएको छ । जेठ १४ गतसम्म १२ सय २० रुपैयाँ पर्ने तोरीको तेल अहिले बजारमा  १३ सय ८० रुपैयाँ भएको छ । ११ सय रुपैयाँ पर्ने सोयाविनको तेल १२ सय ४० रुपैयाँ मुल्य रहेको छ । भने  १३ सय ५० रुपैयाँ पर्ने सुर्यमुखी तेल १४ रुपैयाँ प्रति जर्किन रहेको छ । जसका कारण बजार खानेतेलको हाहाकार शुरु भएको छ ।

व्यापारी आफैले गोदाममा तेलको कृत्रिम अभाव बनाएकाले बजारमा तेलको हाहाकार संगै अघोषित मुल्य बढेको उपभोक्ताहरुको गुनासो छ । जसले उपभोक्ताहरु अघोषित मंहगीमा  पर्ने गरेको घोराही उपमहानगरपालिका – ५ की बालिका पोख्रेलको भनाई छ । उहाँले तेल संगै चिनिमा केही मुल्य बृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ मुल्यबृद्धिको  मुल्य साउन पछि हामीले तिर्नुपर्ने हो । तर व्यापारी आफैले अघोषित रुपमा मुल्य बढाउदाँ हामीले चुपचाप तिर्नुपर्ने वाध्यता छ ।’

राज्यको फितलो मौसमी अनुगमनले उपभोक्ताहरुले यस्तो मार खेप्नु परेको उहाँको भनाई छ  । ठूला व्यापारीहरुले नयाँ वजेट भाषण संगै उपभोग्य वस्तुहरु लुकाई राखेकाले किराना व्यावसायीहरु ठूलो सकसमा परेको किराणा व्यावसायीहरु मारमा परेको देखिन्छ ।

डिलरहरु सामाना लुकाई राखेकाले  बजारमा उपभोग्य वस्तुको अभाव संगै कालोवजारी देखिने गरेको व्यावसायीहरुको भनाई छ ।  घोराहीका एक व्यावसायीले भन्नुभयो – ‘ व्यापारी आफैले माल लुकाउदा उपभोक्ता लुटिएका छन । ’ ठूला व्यापारीले साना व्यापारीलाई सामान नदिई राखेकाले यस्तो समस्या देखिएको उहाँको भनाई छ ।

पुरानो मुल्यका सामानलाई नयाँ मुल्य अनुरुप बेच्ने उद्देश्यले ठूला व्यापारीहरुले सामान लुकाई राखेको व्यापारीको भनाई छ । तेल लगायतका अन्य उपभोग्य वस्तु संगै सुर्ति तथा चुरोटजन्य वस्तु लुकाई राखिएको देखिन्छ ।  बजारमा दैनिक उपभोग्य वस्तुको कुनै अभाव नभएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताउनुभयो । सामान पनि अभाव, मुल्य पनि बृद्धि नभएकाले हल्लाको पछि नलाग्न उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । सामान नबेचेर गोदाममा थन्क्याई राखेको भेटिएमा व्यापारीहरुलाई कार्वाही गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘ व्यापारीका गोदामा सामान मौज्दात होलान् तर नबेचेर राखिएका होईनन् ।  त्यसलाई व्यापारीले लुकाई राखेको भन्न मिल्दैन । ’ बजारमा उपभोग्य वस्तु पर्याप्त रहेकाले कतै वाट अभावको नभएको र उपभोग्य वस्तुको अभाव छ भन्दै हतारिनुपर्ने अवस्था पनि नरहेको उहाँले बताउनुभयो ।  सुर्ती, चुरोट  तथा मदिरा जन्य वस्तुको हकमा सरकारले अन्तशुःल्क कर बृद्धि गरेसंगै मुल्य बृद्धि भएको बताउनुभयो । आम उपभोक्ताहरुको  बुझाई व्यापारीहरुले बढाएका छन भन्ने रहेकाले त्यो भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नुभयो ।

उपभोग्य वस्तुको अभाव घुईरो –घुईरो सुनिन्छ ः अनुगमन समितिका संयोजक

जिल्ला प्रसासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गणेश आचार्यले बजारमा उपभोग्य वस्तुको अभाव मन्द मन्द सुनिए पनि देखिने तरिकाले नभएको बताउनुभयो । जेठ १५ यता उपभोग्य वस्तुको कृत्रिम अभावको जगगुनासो दिनैपिच्छे बढ्दै गइरहेकाले केहिदिनमै बजार अनुगमन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

उपभोग्य वस्तु अभावको घाईघुईका खबरले उपभोक्ताहरु हतोत्साहित भइसकेकाले अनावश्यक हल्ला नफौलाउन उहाँले आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो – ‘ मंहगी मुल्य साउन देखी मात्रै लागु भएकाले यदि कसैले  मंहगोमा सामान बिक्रि गरेको भेटिए तत्काल कार्वाही गरिने छ । ’ जसका लागि व्यापारीहरुले संवेदनशील बन्नुपर्ने उहाँले बताउनुभयो ।

अनुगमन क्रममा भेटिने मापदण्ड विपरित  विक्रिवितरण गर्ने गरेका व्यापारीहरुको संरक्षणमा व्यापारिक संघ संगठनहरु लाग्ने गर्दा पनि कालो बजारी र वस्तु अभावको स्थिति बेला बेला देखिने गरेको पाईन्छ ।  जसले गर्दा उपभोक्ताहरु मारमा परेका छन ।  जसका लागि सवै सरोकारवाला पक्षहरु एकतावद्ध भई कालो बजारी नियन्त्रणका लागि हो भने  उपभोक्ताहरुले कालो बजारीको मार खेप्नुपर्ने थिएन   कि ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्