कामना विकास बैंकको शाखा तुलसीपुरमा



 

दिपक बोहरा,
तुलसीपुर, २४ जेठ ।

कामना सेवा विकास बैंक लिमिटेडले तुलसीपुरमा शाखा बिस्तार गरेको छ । ५१ औँ शाखाका रुपमा तुलसीपुरमा बैंकले सेवा शुरु गरेको हो । बैंकले बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरि शाखाको उद्घाटन गरेको हो ।

नयाँ शाखाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन । शाखा उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले बैंक तथा वितिय संस्थाहरुमा जोखिन बढ्दै गईरहेको बताए । अब बैक तथा बित्तिय संस्थामा बैंकमा काम गर्ने कर्मचारीहरुको क्षमता बृद्धि गर्नुपर्ने बताए ।

बैकहरु बचत तथा ऋणमा मात्रै सिमित नभई ब्यबसायलाई पनि प्रोत्साहन गर्ने गरि अगाडि बढ्नुपर्ने बताए । सञ्चालक भिम प्रसाद तुलाचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैंकका महाप्रबन्धक टुवराज बास्तोलाले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्