विश्वकै अग्लो भनिएको (भक्तपुर साँगा) शिव मन्दिरको भित्री रहस्य यस्तो ।। (भिडियो)



रेणु डि.सी

सैघाली खबर, २४ जेठ।
भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई विश्वकै अग्लो शिव मन्दिर भनेर मानिएको छ । जसको उचाई १ सय ४३ फीट रहेको छ । २०६१ सालबाट निर्माण थालनि गरिएको मन्दिरको उद्घघाटन २०६७ साल असार ७ गते तत्कालिन पर्यटन तथा नागरिक उडेन मन्त्री सरद सिंह भण्डारीले गरे । यो मन्दिरको निर्माता प्रतिष्ठित ब्यापारी कमल जैन हुन । जसले कैलाशनाथ पार्क र रीसोर्ट पनि संगै खोलेका छन् । यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ । यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ । यो मन्दिर देखि भक्तपुर, काठमाण्डौ र अग्ला हिम श्रृखलाहरुको मनोरम दृश्य पनि देख्न सकिन्छ ।

दर्शनार्थीहरुले मन्दिर दर्शन गर्नकोलागि १०० रुपैयाको टिकट काट्नु पर्ने हुन्छ । सुन्दर वातावरण, अग्लो ठाउँ र काठमाडौ भक्तपुर र ललितपुरका धेरै ठाउँ देखिने भएकाले पनी यो ठाउँ आन्तरिक र बाह्य पर्यटनको लागि आकर्षणको केन्द्र बनेको छ । मुर्ती स्थापना संगै यो ठाउँ वरपर खोलिएका पसल, रेस्टुरेन्ट, रिसोर्ट लगाएतले एक हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी पनि दिएको छ । हिन्दु धर्मालम्बीहरूले भगवान मान्दै आएको ‘शिव’लाई दुनियाँले अहिलेसम्म प्रत्यक्ष रुपमा देखेका त छैनन् ।

तर, शिवको मानक तस्बिर भने हिन्दुधर्मालम्बीहरु अधिकांशलाई याद छ । दुनियाँलाई बेवकुफ बनाउँने गरी ति व्यापारीले आफ्नै अनुहारमा शिवको मुर्ति बनाएको पनि कतिपयको आरोप छ । तामाको रंगले पोतिएको यो ठूलो मुर्तिलाई ‘कैलाशनाथ महादेव’ शिवको मुर्ति भनिन्छ । यो मुर्तिलाई २०६६ सालदेखि भक्तजनहरुले पुजा गर्दै आएका छन् । तर, सोही मुर्तिको अनुहार भने शिवको नभएर एक व्यापारीको भएको केहिको आरोप छ ।

विश्वकै अग्लो मुर्ति भनिएको शिवको मुर्तिमा भारतीय व्यापारी कमल जैन र उनका पिताको अनुहार देखिने केहि दर्शनार्थीहरुको आरोप छ । सैघाली खबर अनलाईको टिम रिपोर्टिङमा साँगा पुग्दा त्यहाँ भेटिएका केहि मानिसहरुले शिवको आधिकारीक तस्बिर र साँगाको उक्त मुर्तिको अनुहारलाई सँगै राख्ने हो भने फरक भेटिने बताएका छन् । भारत र नेपालका दक्ष कालिगढले झन्डै ६ वर्षको मेहनतपछि यो मुर्ति तयार पारेका थिए । झन्डै ७५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मुर्ति नजिकै कमल जैनकै लगानीमा रहेको हिल्टेक स्पा तथा रेस्टुरेन्ट रहेको छ । करिब १५ करोड नेपाली रुपैयाँमा निर्माण गरेको उक्त मुर्तिमा पूर्ण रुपमा उनकैको लगानी रहेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्