सैघाली खबर,काठमाण्डौ २४ जेठ।
संघीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०सँग पार्टी एकीकरण हुने तत्काल कुनै सम्भावना नरहेको बताएको छ।
पार्टीले बिहिबार विज्ञप्ति जारी गरी फोरम, नेपाल र नेकपाबीच एकीकरणको तत्काल सम्भावना नरहेको अवस्थामा पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले भ्रम सिर्जना हुनेगरी प्रचार नगर्न आग्रह गरेको छ।
‘गलत समाचारहरूको भ्रम फैलाउन र गलत सन्देश दिने नियतले प्रचारित प्रायोजित एवं निराधार समाचारहरूमा कुनै सत्यता नरहेको सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ।
फोरम नेपालको गत वैशाख २१ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग मात्र एकीकरण गर्ने निर्णय गरेको थियो।setopati
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।