समाचार

नेकपासँग तत्काल एकीकरणको सम्भावना छैनः फोरम

By थाहा अनलाइन

June 07, 2018

सैघाली खबर,काठमाण्डौ २४ जेठ। संघीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०सँग पार्टी एकीकरण हुने तत्काल कुनै सम्भावना नरहेको बताएको छ। पार्टीले बिहिबार विज्ञप्ति जारी गरी फोरम, नेपाल र नेकपाबीच एकीकरणको तत्काल सम्भावना नरहेको अवस्थामा पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले भ्रम सिर्जना हुनेगरी प्रचार नगर्न आग्रह गरेको छ। ‘गलत समाचारहरूको भ्रम फैलाउन र गलत सन्देश दिने नियतले प्रचारित प्रायोजित एवं निराधार समाचारहरूमा कुनै सत्यता नरहेको सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ। फोरम नेपालको गत वैशाख २१ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग मात्र एकीकरण गर्ने निर्णय गरेको थियो।setopati