सैघाली खबर, जेठ २४।
जिल्ला प्रशासन कार्यालय समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाएको छ ।
समयमै काम सम्पन्न नगर्ने २१ वटा आयोजनाका निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । प्रमुख जिल्ला अधिकारी खड्काले समयमै काम नसक्ने निर्माण व्यवसायीको नाम पठाउने गृह मन्त्रालयको निर्देशनअनुसार २१ वटा आयोजनाका निर्माण कम्पनीको नामसमेत मन्त्रालयमा पठाइएको जानकारी दिए ।
मन्त्रालयमा नाम पठाइएका निर्माण कम्पनीका व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइएको उनले बताए । कतिपय निर्माण व्यवसायीले भने असारको दोस्रो साताभित्रै काम सक्ने लिखित प्रतिबद्धता गरेको बताइएको छ ।।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।