प्रहरी हवल्दार मृत अवस्थामा फेला



सल्यान, २४ जेठ । सल्यानमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको शारदा नगरपालिका–५ श्रीचौर भन्ने स्थानमा प्रहरी हवल्दार अन्दाजी ३४ वर्षका रमेश थापा बुधवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नारायण नगरपालिका –८ दैलेख घर भई हाल ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी हवल्दार थापा सल्यानमा ससुराली आएको बेला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक थापाको बिहिवार जिल्ला अस्पतालमा पोष्टमार्टम भएको प्रहरी प्रमुख डिएसपी भरत बहादुर विकले जनाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्