नेपाली बिद्यार्थीको अमेरिकामा मृत्यु ।।



सैघाली खबर, २४ जेठ।
संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ । चार वर्षअघि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक ढकालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनी साथीहरुसँग नियमित रुपमा तालमा जाने गर्थे ।

उनका साथीहरुका अनुसार विवेक राम्रो पौडीबाज थिए, तर उनले त्यो दिन एक क्यान बियर पिएका थिए । चारवर्ष अगाडि अमेरिका गएका विवेक यसैवर्ष घर आउने तरखरमा थिए तर कसैले पनि नचिताएको कुरा भयो । उनले युनिभर्सिटी अफ टेक्सास अर्लिङ्टनको पढाइ सुरु गर्न भन्दा पहिले आफ्नो परिवारसँग भेटघाट गर्न चाहेका थिए ।

तर, अहिले उनको शव कसरी नेपाल ल्याउने भन्ने चिन्ता रहेको साथीहरुले बताएका छन् । टेक्सासस्थित नेपाली समाजका प्रयास बास्तोलाका अनुसार विवेकको परिवारले उनको शव नेपालमै दाहसंस्कार गर्न चाहेका छन् तर त्यसको लागि खर्च अभाव भएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्