प्रदेश ३

स्वर्गीय खड्काकी पत्नीसहित ३ जना कांग्रेस केन्द्रीय सदस्य मनोनित ।।

By थाहा अनलाइन

June 07, 2018

सैघाली खबर, २४ जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय समितिमा ३ जनालाई मनोनयन गरेका छन् । उनले लमजुङका दिलबहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुमागाईं र दाङकी शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

खड्का हालै निधन भएका कांग्रेसका नेता खुमबहादुर खड्काकी पत्नी हुन् । देउवाले दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनयन गरेका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।।