गंगामायाको दुखेसो, सरकारसमक्ष ‘न्यायको भीख माग्नु नै बेकार’ भयो ।।



सैघाली खबर, २४ जेठ।
सशस्त्र द्वन्द्वका समयमा माओवादीले मारेको आफ्नो छोराका हत्यारालाई कारबाही गर्न माग राख्दै अनशनमा बस्दै आएकी गंगामाया अधिकारीले न्याय पाउने आशा मरेको प्रतिक्रिया दिएकी छन् ।

छोरा कृष्णप्रसादको हत्या गरिएको १४ वर्ष पुगेको दिन बिहीबार पत्रकार सम्मेलन गर्दै गंगामायाले छोराको हत्यारालाई सजायको माग राखेर ६ वर्ष अनशन बस्दा पनि न्याय नदिएको सरकारसमक्ष ‘न्यायको भीख माग्नु नै बेकार’ भन्दै आमरण अनशनकैक्रममा देह त्याग्ने दोर्होयाइन् ।

छोराको हत्यारालाई सजायको माग राखेर अनशन बस्दा श्रीमान् नन्दप्रसादसमेतले ज्यान गुमाउनुपरेको भन्दै उनले ६ वर्षदेखि अनवरत् अनशन बस्दा पनि सरकार भने हत्यारा जोगाउँदै हिँडेको टिप्पणी गरिन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्