तुलसीपुरमा बृहत साहित्य उत्सव



सैघाली खबर
दाङ , २४ जेठ । दाङको तुलसीपुरमा दुईदिने बृहत साहित्यीक उत्सव हुने भएको छ । ‘समावेशी विकास, पर्यटन प्रवद्र्धन र समृद्धिको लागि साहित्य’ भन्ने मुलनाराका साथ तुलसीपुर उपमहानगरपालिकाले दुई दिने बृहत साहित्य सम्मेलन गर्न लागेको जनाएको छ । तुलसीपुर उपहानगरपाकिला कला साहित्य समितिले पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका साहित्य र कला समितिका संयोजक देबराज विश्वकर्माको अध्यषता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो । जेठ २६ र २७ गते दुईदिने चल्ने साहित्य उत्सवमा विविध कार्यक्रमको तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । कार्यक्रमका वारेमा जानकारी दिदै संयोजक विश्वकर्माले कला र साहित्य समृद्धिका आधार रहेकाले उक्त कार्यक्रम राखिएको बताउनुभयो ।

जसमा २६ गते अबको विकास विषयमा हरि रोका , धनश्याम पाण्डे र रमेश अधिकारीले प्रस्तुती राख्ने हुने छ । जसको सहजीकरण बसन्त बस्नेतले गर्नुहुने भएको छ । त्यस्तै आजका नेपाली कविता विषयमा रमश क्षितिज, नारायण नेपाल र प्रमोद धितालले प्रस्तुती राख्नुहुने भएको छ । भने सहजीकरण दिपक सापकोटाले गर्नुहुने जनाएको छ । लेखन किन, कसरी र कसलाई ? भन्न्े विषयमा अमर न्यौपाने र शिवानीसिंह थारुले प्रस्तुती राखिने कार्यक्रमको सहजीकरण विमल आचार्यले गर्नुहुने भएको छ ।

त्यस्तै अक्षरका दुःख विषयमा मदनकृष्ण श्रेष्ठले प्रस्तुती राख्नु हुने भएको छ । भने जसको सहजीकरण अमर न्यौपाने गर्नु हुने छ । दाङको साहित्यिक र साँस्कृतिक पहिचानका विषयमा अशोक थारु, टिकाराम उदासी र डा. गोविन्द आचार्यले आ– आफ्नो प्रस्तुती राख्ने कार्यक्रमको तय गरिएको छ । जसको सहजीकरण बसन्त विवश आचार्यले गर्नुहुने छ । उक्त कार्यक्रमको अवसरमा केही गजल र केही कविताहरु प्रस्तुती राखिने छ । कार्यक्रमको सहजीकरण समितिका सदस्य सचिव बसन्त विवश आचार्यले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्