मुख्य समाचार

मध्यरातदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो

By थाहा अनलाइन

July 03, 2017

काठमाडौँ, १९ असार 

 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷दुईका दरले मूल्य घटाएको हो । यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर रु २५ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर रु चारले घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले बताए । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु ९८, डिजल र मट्टीतेल प्रतिलिटर रु ७४, खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर रु ८२ कायम भएको छ ।