अचम्मका कुरा

निर्माण कार्यमा सजिलोकालागि लागि ड्रोन क्यामरा प्रयोग गरिने

By थाहा अनलाइन

June 08, 2018

विराटनगर, २५ जेठ विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यमा सहजता ल्याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ड्रोन मार्फत तस्वीर लिने कार्यको शुभारम्भ गर्नुहँुदै महानगरवासीलाई नगरभित्र भएका र भइरहेका विकास निर्माण कार्यका सम्बन्धमा जानकारी दिन सहज हुने बताए ।

एसटिआइयुआइपी प्रोजेक्ट अन्तर्गत सिटिसी कालिका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरका विभिन्न निर्माण कार्यको छायांकन र नक्सांकन गरिन लागेको हो । यस प्रविधिबाट विराटनगरको पहिलेको अवस्था र विकास भइसकेपछिको अवस्थाबारे बुझ्न सजिलो हुनेछ ।