विद्युत चोरलाई १५ हजार राजस्व



राजविराज, २५ जेठ
विद्युत चोरी नियन्त्रण अभियान अन्तर्गत विद्युत चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।
पक्राउ परेकाको साथबाट छ वटा विद्युत मिटर, दुई वटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए ।

पक्राउ परेकालाई विद्युत चोरी नियन्त्रण ऐन अन्तर्गत प्रत्येक व्यक्तिबाट रु १५ हजार ५०२ राजस्व तिराइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । केही दिनयता विद्युत् चोरी हुन थालेपछि नेपाल विद्युत प्राधिकरण, राजविराजले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्