सदस्यहरुको जिम्मेवारी तोकियो



 

तुलसीपुर २५ जेठ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले आप्mना वडा सदस्यहरुको लागि ५ वटा जिम्मेवारी तोकेको छ । वडाध्यक्ष माधव वलीको अध्यक्षतामा वसेको वैठकले स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेखित वडा समितिको काम कर्तव्य र अधिकार अन्तर्गत ५ वटा अधिकारको जिम्मेवारी वाडफाँट गरेको छ ।

वडा भित्रका योजना तर्जुमा कार्यान्वयनका तथा अनुगमनका लागि सदस्य धनवहादुर बस्नेत, तथ्याङ्क अध्यावधिक तथा संरक्षणका लागि महिला सदस्य जुगीन्या चौधरी, बिकास कार्यका लागि सितल प्रसाद वुढा मगर , नियमन कार्यका लागि दलित महिला सदस्य रमादेवी नेपाली र सिफारिस, प्रमाणित गर्ने वडाध्यक्ष माधव वलीलाई जिम्मेवारी तोकिएको छ ।

तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडाहरु मध्य कान्छा वडाध्यक्षले थालेको यो जिम्मेवारीले काममा चुस्त, दुरुस्त र सेवाग्रहीले पाउने र वडा सदस्यहरुले पनि आप्mनो कामको वोध पनि हुने वताइएको छ । साथै वडा सदस्यहरुलाई जिम्मेवारी वाटफाडको पत्र सदस्य र तुलसीपुर उपमहानगरपालिकामा वोधार्थका रुपमा पठाउने जानकारी दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्