एमालेले जित्यो १०० स्थानीय तह, प्रदेश १ मा मात्रै ४६ वटामा विजयी



असार १९, काठमाडौं 

 

नेकपा एमालेले दोस्रो चरणमा निर्वाचन भएका १०० वटा स्थानीय तहमा जित हासिल गरेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिकाको नतिजा सार्वजनिक भएसँगै एमालेले प्रमुख र अध्यक्ष जितेको नगरपालिका र गाउँपालिकाको संख्या १०० पुगेको हो। नेकपा एमालेले सबैभन्दा धेरै प्रदेश नम्बर १ मा ४६ वटा स्थानीय तहमा जितेको छ। त्यस्तै प्रदेश नम्बर ५ मा २५ वटा र प्रदेश नम्बर ७ मा २९ वटा स्थानीय तहको प्रमुख र अध्यक्ष पद जितेको छ। एमालेले २२३ वटा स्थानीय तहको नतिजा सार्वजनिक हुँदा १०० वटामा जित हासिल गरेको हो। कांग्रेसले भने ८५ वटा र माओवादी केन्द्रले ३१ वटामा जित हासिल गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका प्रमुखमा एमालेका घननारायण श्रेष्ठ ११९ मत अन्तरले विजयी भए। उनले ७०७४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६९५५ मत ल्याए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्