राजपा केन्द्रीय सचिव लामाको मृत्यु



जेठ २५ इनरुवा । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उनी ३१ बर्षको थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमती र दुई सन्तान छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्