रोल्पाली युवा साउदीको जेलमा, नेपाल फर्काउन ब्लड मनि अभियान ।।



सैघाली खबर, २५ जेठ।
रोल्पा निवासी (हाल साउदिको जेलमा रहेका) दिलबहादुर घर्तीलाई बचाउनका लागि ब्लड मनि अभियान २०७५ सन्चालन गरिएको छ । दिलबहादुर बिगत २ बर्षदेखी साउदीको जेलमा छन् ।

दिलबहादुरलाई नेपाल फर्काउन र ब्लड मनि अभियानलाई सफल बनाउन बिभिन्न ब्यक्तिहरुको पहलमा सहयोग जुट्ने क्रम पनि सुरु भईसकेको छ । यो अभियानलाई साथ दिदै साउदी स्थीत फ्युचर सेरमिक कम्पनिमा कार्यरत १४ जना रोल्पाली नेपालीहरुले पनि आफु सक्दो सहयोग रकम संकलन गरेका छन् ।

राजकुमार बुढा मगर, कमानसिंह बुढा मगर, आशबहादुर बि.क, हस्तबहादुर पुन, गोपाल पुन, दिपक घर्ती क्षेत्री, तिलक बिष्ट, हस्त गिरी, हरिकुमार घर्ती, जोरबहादुर घर्ती, रोहित घर्ती, बलबहादुर बाढा मगर, केरसिंङ्ग बुढामगर र दुर्गाबहादुर बुढा मगर गरी १४ जनाले ७१४ रियाल ( नेपाली २० हजार) जम्मा गरि नेपाल पठाउनुभएको छ । साउदिमा कार्यरत पाछाबाङ रोल्पा निवासी राजकुमार बुढामगर र मिरुल रोल्पा निवासी दुर्गाबहादुर बुढामगरको पहलमा सहयोग रकम संकलन गरिएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्