प्रदेश ५

रोल्पाली युवा साउदीको जेलमा, नेपाल फर्काउन ब्लड मनि अभियान ।।

By थाहा अनलाइन

June 08, 2018

सैघाली खबर, २५ जेठ। रोल्पा निवासी (हाल साउदिको जेलमा रहेका) दिलबहादुर घर्तीलाई बचाउनका लागि ब्लड मनि अभियान २०७५ सन्चालन गरिएको छ । दिलबहादुर बिगत २ बर्षदेखी साउदीको जेलमा छन् ।

दिलबहादुरलाई नेपाल फर्काउन र ब्लड मनि अभियानलाई सफल बनाउन बिभिन्न ब्यक्तिहरुको पहलमा सहयोग जुट्ने क्रम पनि सुरु भईसकेको छ । यो अभियानलाई साथ दिदै साउदी स्थीत फ्युचर सेरमिक कम्पनिमा कार्यरत १४ जना रोल्पाली नेपालीहरुले पनि आफु सक्दो सहयोग रकम संकलन गरेका छन् ।

राजकुमार बुढा मगर, कमानसिंह बुढा मगर, आशबहादुर बि.क, हस्तबहादुर पुन, गोपाल पुन, दिपक घर्ती क्षेत्री, तिलक बिष्ट, हस्त गिरी, हरिकुमार घर्ती, जोरबहादुर घर्ती, रोहित घर्ती, बलबहादुर बाढा मगर, केरसिंङ्ग बुढामगर र दुर्गाबहादुर बुढा मगर गरी १४ जनाले ७१४ रियाल ( नेपाली २० हजार) जम्मा गरि नेपाल पठाउनुभएको छ । साउदिमा कार्यरत पाछाबाङ रोल्पा निवासी राजकुमार बुढामगर र मिरुल रोल्पा निवासी दुर्गाबहादुर बुढामगरको पहलमा सहयोग रकम संकलन गरिएको हो ।।