अमेरिकाले साउदीसँग सहयाेग मागेकाे खुलासा



सैघाली खबर,
जेठ २५ , वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्नुभन्दा एक दिनअघि उनका एक वरिष्ठ अधिकारीले साउदी अरबसँग सहयोग मागेको विषय बाहिरिएको छ।

इरान सम्झौताबाट बाहिरिने अमेरिकी निर्णयले आपूर्तिमा समस्या आए तेलको मूल्यलाई स्थिर राखिदिन विश्वको सबैभन्दा ठूलो तेल निर्यात राष्ट्र साउदी अरबसँग ट्रम्पका एक वरिष्ठ अधिकारीले टेलिफोन कलमार्फत् आग्रह गरेको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

तेहरानको क्षेत्रीय शत्रु रियाद, वासिङ्टनको नजिकको गठबन्धन राष्ट्र भए पनि तेल नीतिबारे तेल निर्यात गर्ने राष्ट्रहरुको संगठन अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज ९ओपेक०लाई प्रत्यक्ष दबाब दिनु अपवादका रूपमा लिइन्छ। यसअघि अमेरिकाले सन् २०१२ मा उत्पादन बढाउन साउदी अरबमाथि दबाब दिएको थियो। सन् २०१४ पछि तेलको मूल्य प्रति ब्यारल ८० डलर पुगेको भए पनि लामो समयदेखिको मूल्य गिरावट भर्न बजारलाई अझै केही समय लाग्ने रियादले बताउँदै आएको छ। अमेरिकी उच्च अधिकारीको फोन कलअघिसम्म साउदी अधिकारीले तत्काल आउटपुट बढाउनु हतार हुने बताउने गरेका थिए । कच्चा पदार्थमा रहेको उच्च मूल्यले स्टक मार्केटमा भइरहेको राज्यको स्वामित्वमा रहेको साउदी अराम्को कम्पनीको गिरावटलाई बढाउन मद्दत पुग्ने आशमा रियादले केही हदसम्म यस्तो लाइन लिएको साउदी उद्योग स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यसैकारण अमेरिकाले सन् २०१५ मा विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच भएको आणविक सम्झौताबाट हात झिक्ने निर्णयपछि गरेको तेहरानविरुद्धको नाकाबन्दीको केही घण्टाभित्रै साउदी अरबले अमेरिकी कदमलाई विज्ञप्ति प्रकाशन गर्दै समर्थन गरेको थियो । जसले गर्दा ओपेकका सदस्य राष्ट्र अचम्ममा परेका थिए । साउदीले विज्ञप्तिमा कुनै पनि आपूर्तिमा समस्या आउन स्थिति देखिए आफू उत्पादन बढाउन तयार रहेको बताएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध निर्णय गर्नुअघि ओपेकको सर्वमान्य साउदीले वासिङ्टनलाई सहयोग गर्ने विषयमा निश्चितता खोज्न अमेरिकी उच्च अधिकारीले साउदीका राजकुमार मोहम्मद बिन सलमानलाई टेलिफोन सम्पर्क गरेको यस विषयमा सरोकार राख्ने तीन वटा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। तीनमध्ये एउटा स्रोतका अनुसार अमेरिकी उच्च अधिकारीले मे ७ मा साउदी राजकुमार सलमानलाई फोन गरेका थिए । अन्य दुई स्रोतले भने कुन दिन फोनवार्ता भयो भनरे प्रष्टसँग नभनेको रोयटर्सले जनाएको छ।

आणविक सम्झौताबाट बाहिरिने र इरानविरुद्ध नाकाबन्दी गर्ने अमेरिकी निर्णयले इरानबाट हुने तेल निर्यातमा कमी आउने र तेलको मूल्यमा वृद्धि हुनसक्नेतर्फ वासिङ्टन चिन्तित भएकै कारण साउदीको सहयोग मागेको स्रोतले उल्लेख गरेको छ। अमेरिकी उच्च अधिकारीले साउदीका राजकुमारलाई फोन गरको भन्ने विषयमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले भने प्रतिक्रिया दिन अस्वीकार गरेको रोयटर्सले जनाएको छ।

अमेरिकी अधिकारीले फोन सम्पर्क गरेकोबारे साउदीका वरिष्ठ अधिकारीले पनि पुष्टि नगरे पनि अमेरिकाले निर्णय गर्नुअघि साउदीलाई जानकारी गराएको विषय भने स्वीकार गरेका छन्। तेलको मूल्यलाई स्थायीत्व दिनेबारे अमेरिकासँग बारम्बार छलफल हुने गरेको साउदीका वरिष्ट अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्