बजेट कार्यान्वयनको तालिका बनाइने



कञ्चनपुर

रोजगारीका लागि भारत हिँडेका १७ वर्ष मुनिका १८ बालबालिकाको पश्चिमी सीमानाबाट उद्दार गरिएको छ । अछामको ढकारी ७ ढुङ्गाचाल्नाका १२ जना बालक र ६ जना बालिकाको पश्चिमी सीमानाकामा रहेको एसएसबी क्याम्पबाट उद्दार गरिएको हो ।

प्रहरीले बालबालिकासहित उनीहरुलाई भारत लैजाँदै गरेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिएको छ ।

आफन्तसँग हिडेको भन्दै सीमानाकामा बसेका प्रहरी र मानव बेचविखन तथा ओसार–पसार नियन्त्रणका लागि निगरानी गर्न बसेका गैरसरकारी संस्थाले छोडेका बालबालिकालाई एसएसबीले रोकेपछि भारतीय भूमिबाट उद्दार गरिएको हो ।

सोधपुछका क्रममा बालबालिकाले रोजगारीका लागि भारत जान लागेको बताएपछि भारतमा बाल मजदूर विरुद्ध कडा कानुन भएकाले एसएसबीले उनीहरुलाई रोकेको स्रोतले बतायो । आफन्तसँग रोजगारीका लागि भारत हिँडेका उनीहरुलाई गड्डाचौकी कटिसेको अवस्थामा भारतीय सुरक्षा कर्मीले रोकेर उद्दार गरिएको भए पनि प्रहरीले भने आफूहरुले बालबालिकाको उद्दार गरेको जनाएको छ ।

उद्दार गरिएका बालबालिका १३ वर्षदेखि १७ वर्ष उमेर समूहका छन् । बालिकालाई माइती नेपालको संरक्षमा राखिएको छ भने बालकहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्