उपमहानगरमा एमाले बलियो, महानगरका कांग्रेस अगाडी



असार १९

स्थानीय तहको दोस्रो चरण निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । विराटनगर महानगरपालिकासहित अन्य सात उपमहानगरपालिकामा पनि मतगणना जारी रहेको छ । बिहानसम्मको परिणाम अनुसार विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसको अग्रता कायमै छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । सात उपमहानगरपालिकामा भने एमालेको धेरै ठाउँमा अग्रता देखिएको छ । दाङका तुल्सीपुर र घोराही दुवै उपमहानगरपालिकामा एमालेका उम्मेदवार घनश्याम पाण्डे र नरुलाल चौधरी बलियो अवस्थामा देखिएको छ । सुनसरीको इटहरी र धरान नगरपालिकामा पनि एमालेकै अग्रता कायम छ । इटहरीमा द्वारिकलाल चौधरी र धरानमा तारा सुब्बा आआफ्ना निकटतम प्रतिस्पर्धीभन्दा हजार मतले अगाडि छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि एमालेका उम्मेदवार शिवराज सुवेदीको अग्रता कायमै छ । कैलालीको धनगढी उपमहानगरपालिकाकामा भने कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेदवार नृपबहादुर बड केही मतअन्तरले स्वतन्त्र उम्मेदवार गोपाल हमालभन्दा अगाडि छन् । नृपबहादुरलाई एमालेका दुर्गप्रसाद जोशीले पनि पछ्याइरहेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा भने राप्रपा डा. धवलशम्शेर राणाको अग्रता फराकिलो बन्दै गएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका कांग्रेस र एमालेका उम्मेदवार ३ हजारभन्दा बढी मतले पछि देखिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्