कमलरी प्रर्था अन्त्य भएन्, अझै ९० किशोरी कमलरी बस्न बाध्य



समिक्षा गाहा, घोराही २५ जेठ ।
अझै पनि तराईका पाँच जिल्लामा कम्लरी प्रथा अन्त्य हुन सकेको छैन् । अझै पनि ९० जना किशोरीहरु कम्लरी बस्न बाध्य छन् । दाङ, बाँके, बिर्दिया, कैलाली, कञ्चनपुरका ९० किसोरी अझै कम्लरी बस्न बाध्य रहेको मुक्त कम्लरी बिकास मञ्चले जानकारी दिएको छ ।

यी पाँच जिल्लामा २०७० साल पहिले ३५ जना कम्लरी रहेका थिए । ०७० पछि पाच जिल्लामा ९० कमलहरी रहेका छन् । यस्तै १६ बर्ष मुनिका ४७ जना , १७ देखि १८ बर्षका २२ जना,१९ बर्ष भन्दा माथीका २१ जना किशोरी कम्लरी बस्न बाध्य रहेका छन् ।

मञ्चका अनुसार खाने बस्ने कपडा दिने सर्त भएर बसेका ५ जना , अध्ययनमा पढाइ छाडेका २० , १ देखि ८ सम्म अध्ययन गरेका ३७ जना ,९ देखि १२ सम्म २२ र स्नातक तह पटेका २ जना रहेका छन् । मञ्चले शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरि मुक्तकम्लरी समस्या समाधान गर्न दवाब मुलक कार्यक्रम आबश्यक रहेको बताएका छन् ।

मुक्त कमलरी बिकास मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा पत्रकार सम्मेलनमा २०७० सालमा मुक्त कमलरी अनत्य भएको घोषण गरिएपनि अझै कम्लरी प्रथाको जडो उखेल्न नसकिएको बताएका हुन् । त्यस्तै अझै पनि तीन हजार ३ सय ९४ जना छिटफुट रुपमा कम्लरी बस्न बाध्य रहेको अध्यक्ष चौधरीले बताईन् ।

स्थानीय तहबाट ब्यावसायीक तालिम, सीपमुलक तालिमका लागि बजेट मागको सवाल, भुमि सुधार कार्यलयले मुक्त कमलरी परिचय पत्र बितरणमा गरिरहेको ढिलाई उनीहरुले गुनासो गरेका छन् ।

यस्तै मुक्त कमलरीका माग पुरा गराउन एक महिने अभियान र आन्दोलनका कार्यक्रम घोषणा गर्ने र पाचवटै जिल्लाका समबन्धित निकायहरुलाई ध्यानाकर्षण पत्र वुझाउने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पत्रकार सम्मेलनको सहजीकरण मुक्त कमलरी बिकास मञ्चका प्रबन्धक बिर वहादुर नेपालीले गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्