न्याय माग्दै द्वन्द्वपीडित, गंगामायाको प्राण जान लाग्दासमेत किन मौन ?



सैघाली खबर, २५ जेठ।
न्यायको माग राख्दै द्वन्द्वपीडितहरुले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा धर्ना दिएका छन् । द्वन्द्वपीडितहरुले द्वन्द्वकालीन हत्याहिंसाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिई अदालतको अवहेलना गर्दासमेत राष्ट्रिय मानव अधिकार आयोग मौन रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले व्यक्ति हत्यामा दोषी ठहर बालकृष्ण ढुंगेलको रिहाईप्रति आयोगले आधिकारिक धारणा सार्वजनिक नगरी पीडितको संवेदनामाथि खेलवाड गरेको आरोप लगाएका छन् । त्यसैगरी गंगामाया अधिकारीको प्राण जान लाग्दासमेत राष्ट्रिय मानव अधिकार आयोगको मौनता देखिनु अस्वाभाविक भएको भन्दै भूमिका प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् ।

द्वन्द्वपीडितहरुले आफूहरुको अवस्था नाजुक बन्दै गए पनि सरकारले गम्भीर रुपमा नलिएको गुनासो गरेका छन् । सरकारले द्वन्द्वपीडितका मागप्रति बेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्