एकतर्फी खुल्यो सिद्धार्थ राजमाग ।।



सैघाली खबर, २५ जेठ।
बिहीबार रातिको वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डका २ स्थानमा पहिरो खसेको थियो । दुर्वै स्थानका पहिरो हटाएपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालन गरिएको हो ।

पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहित खसेको पहिरो हटाएपछि अहिले यातायात सुचारु भएको छ । यता पाल्पाको सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । एकतर्फी रुपमा खेलेको सडक दुईतर्फी सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्