यो सरकार पुजारी जस्तो होइन : प्रधानमन्त्री ।।



सैघाली खबर, २५ जेठ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार पुजारी जस्तो नभएको बताएका छन् । मन्त्री तथा सचिवहरुलाई नीति तथा कार्यक्रम र बजेट कायान्वयन गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले भने,’ यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजागर्ने । अनि भोलि फेरि उही रित दोर्होयाउने ।

प्रधानमन्त्री ओलीले देशलाई नयाँ ढंगले अघि बढाउने भन्दै वर्तमान सरकार विगतको निरन्तरता मात्रै नभएको दावी गरे । देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताउँदै उनले जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए ।

विकासप्रति नयाँ दृष्टिकोण बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ती योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले कृषिकै माध्यमबाट जनता आत्मनिर्भर हुन सक्ने बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्