अपराध

प्रहरी हिरासतबाटै अभियुक्त फरार ।।

By थाहा अनलाइन

June 08, 2018

सैघाली खबर, २५ जेठ। जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट दुई जना अभियुक्त भागेका छन् । कर्तव्य ज्यान मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्र बुढा र सार्वजनिक मुद्दा अन्तर्गत थुनामा रहेका लेखे नेपाली प्रहरी हिरासतबाट भागेका हुन् ।

शुक्रबार बिहान ५ बजेतिर उनीहरू भागेको थाहा पाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णुबहादुर सिहंले जानकारी दिए । यद्यपी लोकेन्द्र बुढालाई सिमकोट गाउँपालिककै याङगु नजिकै पुलबाट पक्राउ गरिसकेको र अर्का सार्वजनिक मुद्धा लागेका लेखे नेपालीको खोजी भइरहेको सिंहले बताए ।।