प्रदेश ५ को नारा : समृद्ध प्रदेश खुशी जनता ! पाँच बर्ष पछि कोही नेपाली बिदेशिनु पर्दैन ।।



सैघाली खबर, २५ जेठ।
प्रदेश ५ सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध प्रदेश खुशी जनताको लक्ष्य राखेको छ । केन्द्रमा केपी ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपाली नाराका साथ आफ्ना कार्यक्रमहरु ल्याएका बेला प्रदेश ५ ले पनि केन्द्रलाई पछ्याउँदै करिब उस्तै नारा ल्याएको हो ।

शुक्रबार प्रदेश ५ को बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेको नीति कार्यक्रममा भनिएको छ ‘आर्थिक वर्ष २०७५/२०७६ को नीति कार्यक्रमको लक्ष्य ‘समृद्ध प्रदेश खुशी जनता’ लाई पछ्याउने गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने, युवा श्रमशक्तिलाई नेपालमै स्वरोजगारी उपलब्ध गराउन सहकारी र निजी क्षेत्रसंगको साझेदारीमा रोजगारीका अवसरहरु सिर्जना गरी ५ वर्ष्भित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्ने कुरालाई केन्द्रविन्दुमा राखिएको छ ।

प्रदेश सरकारले स्वास्थ्य, औसत आयु, शिक्षा, रोजगार आदिलाई आधार मानव विकास सूचकांङ्कमा पछाडि परेका तीनवटा गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नीति तथा कार्यक्रममा भैरहवा–वुटवल–नेपालगज–कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाको लागि सम्भाव्यता अध्ययन गर्ने एक घर एक धाराको नीति अनुसार प्रदेशका सबै घर परिवारमा शुद्ध खानेपानी उपलब्ध गराउने उल्लेख गरिएको छ ।

त्यस्तै नेपालगंज–कोहलपुर, घोराही–तुलसीपुर, बुटवल–भैरहवा तथा आसपासका क्षेत्रलाई समेटेर तीन महानगरको स्थापना गर्ने, ‘एक गाँउ एक उत्पादन’ र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गर्ने र ‘एक पालिका एक शीत भण्डार’ निर्माण गर्दै जाने नीति लिने उल्लेख गरिएको छ । ‘

एक गाउँ एक पोखरी’ निर्माण, आर्थिक वर्ष २०७५/७६ देखि ‘प्रदेश स्मार्ट कृषि गाँउ कायर्क्रम’ संचालन गर्ने, जगदिशपुर तालक्षेत्रमा ‘आगन्तुक चरा अध्ययन केन्द्र’ स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशलाई एक वर्ष भित्र साक्षर प्रदेश घोषणा गर्ने, प्रत्येक स्थानीय तहमा खेलमैदान र पार्क निर्माणमा प्रोत्साहन गर्ने, प्रदेश ५ लाई सडक मानव मुक्त प्रदेश बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्