दाङमा औलो रोगबाट संक्रमित बिरामी भेटिए



सैघाली खबर,
जेठ २५ , दाङ । बबई गाउँपालिकामा दुईजना औलो रोगका बिरामी भेटिएका छन् ।
राष्ट्रिय औलो रोग निवारण कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले बबई गाउँपालिका–७, को मलै गाउँमा आयोजना गरेको स्वास्थ्य परीक्षणमा दुईजना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका औलो रोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षणका क्रममा बबई गाउँपालिका–७, मलैलाका बलबहादुर बुढा र उहाँकी छोरी कमला बुढामा औलो रोग भेटिएको हो । त्यस क्षेत्रबाट ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण भएका बिरामी भेटिएपछि प्रभावित क्षेत्रमा विशेषज्ञसहितको टोली बिहीबार त्यहाँ पुगेको हो ।
५८ जनाको स्वास्थ्य परीक्षण गरेपछि दुईजनामा औलो रोग भेटिएको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । मलै गाउँ पश्चिम दाङको निकै विकट क्षेत्र मानिन्छ । त्यहाँका नागरिक, स्वास्थ्य विकासका अन्य पूर्वधारबाट बञ्चित छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्