पार्टी एकताबारे छलफल गर्न दुई राप्रपाले बनाए समिति ।।



सैघाली खबर, २५ जेठ।
पार्टी एकताबारे छलफल गर्न राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि छुट्टाछुट्टै समिति बनाएका छन् । राप्रपाले गत आइतबार उपाध्यक्ष वुद्धिमान तामाङ, टंक ढकाल र महामन्त्री राजेन्द्र लिंदेन रहेको समिति बनाएको थियो भने बिहीबार राप्रपा प्रजातान्त्रिकले उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ ।

राप्रपा प्रजातान्त्रिकले गठन गरेको कार्यदलमा विक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मा सदस्य रहेका छन् । राप्रपाले समान विचार भएकाहरुसँग एकताको सम्भावना समन्वय र प्रारम्भिक छलफल गर्ने भनी समिति बनाएको जनाएको छ । पूर्वपञ्च परिवेशका अधिकांश नेता संलग्न तीन राप्रापाले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि समान वैचारिक दृष्टिकोण भएका पार्टी तथा समूहसँग सहकार्य र समन्वय गरिरहेका छन् ।

पछिल्लो समय कमल थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपाका शीर्ष नेता तीनवटै पार्टी एकीकरणका लागि अनौपचारिक छलफल र गृहकार्यमा छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्