मूल्यवृद्धि फिर्ता लिन २६ र २७ गते सबै जिल्लामा मसाल जुलुस निकालिने ।।



सैघाली खबर, २५ जेठ।
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि विद्यार्थीहरुले शुक्रबार उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघले विरोधस्वरुप उपत्यकालगायत मुलुकका सबै क्याम्पसअगाडि विरोध प्रदर्शन गर्नु परेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए । ‘पेट्रोलियम पदार्थमा भएको पटक(पटकको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको छ, जनजीविका अत्यन्तै कस्टकर भएको छ, त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने हाम्रो माग हो’ उनले भने ।

यस्तै जेष्ठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पसअगाडि सरकारी तथा संस्थानका सवारी(साधन गुड्न नदिने कार्यक्रम विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्