प्रथम मेयरकप फुटवल सुरु



लक्ष्मण बस्नेत
दाङ, २५ जेठ । तुलसीपुरमा मेयर कप फुटबल प्रतियोगिता शु्क्रवार देखि सुरुभएकोछ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ पहिलो पटक हुन लागेको प्रथम मेयरकप फुटवल प्रतियोगिता भव्य समारोका विच तुलसीपुर उपमहानगरपालिका मेयर घनस्याम पाण्डेले उद्घाटन गरेका हुन ।

खेल सयोजंक अमर नेपालीको अध्यक्षता तथा मेयर घनस्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले तु्लसीपुरलाई खेल नगरिको रुपमा विकाश गर्न यस्ता खाले प्रतियोगिताले निकै महत्व राख्ने बताउनु भयो ।
उहाले बार्षिक कार्यक्रम अन्र्तगत सुरु भएको प्रतियोगिताले खेल क्षेत्रको विकाशमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो १ ‘खेललेनै मानिसलाई अनुशासीत र एक सूत्रमा बाध्न सक्छ, तुलसीपुरलाई स्मार्ट सिटि सगै स्पोर्ट्स सिटि बनाउन यस्ता प्रतियोगिताहरु आवश्यक रहेको समेत उहाले बताउनु भयो ।

 

त्यसैगरी नेकपाका नेता हुकमबहादुर बस्नेतले जिल्लामा यस्ता किसीमका प्रतियोगिताहरु आवश्यक रहेको भन्दै उपमहानगरपालिकाले खेल क्षेत्रलाईपनि निकै महत्व दिएको बताउनु भयो । कार्यक्रममा दाङ जिल्ला फुटवल संघका जिल्ला अध्यक्ष सुसिल श्रेष्ठले विभिन्न वडामा रहेका प्रतिभाहरु यहाँ प्रस्तुत हुने भन्दै जिल्लाको खेलको विकाशका लागि उपमहानगरपालिका संग मिलेर यस्ता प्रतियोगिताहरु आयोजना गर्ने बताउनु भयो ।

उहाले जिल्लामा खेलकूदका भौतिक संरचनाहरु अभाव रहेको भन्दै सभावित स्थानहरु छनोटगरी पठाएको बताउनु भयो । विश्व फुटवलको महासंग्राम आउन लागेको समयमा जिल्लामा पनि यस्ता प्रतियोगिताहरु हुनु स्वागत योग्य भएको उहाको भनाई थियो ।
प्रतियोगीतामा १९ वटै वडाका टिम सहभागीता रहेको छ । प्रतियोगीताको बिजेताले नगद ५० हजार,द्धितिय हुनेलाइ नगद ३० हजार र तृतिय हुनेलाइ नगद २० हजार ट्रफी,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका अफिसियल सयोजक दिपक कुमालले जानकारी दिएका छन् । प्रतियोगिता ६ दिनसम्म चल्ने छ ।

कार्यपालिका सदस्य जानका रेग्मीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार संघका अध्यक्ष तथा प्रचार प्रसार संयोजक लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच आज शुक्रबार सम्पन्न मेयर कप फुटबल प्रतियोगिता २०७५ मा वडा न १५ ले बिजयी यात्रा सुरु गरेको छ १ तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा आज शुक्रबार सम्पन्न उद्घाटन खेलमा वडा न ११ लाई सुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै वडा न १५ ले बिजयी यात्रा सुरु गरेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफको १५ औ मिनेटमा वडा न १५ का टिम क्याप्टेन जर्सी न ९ का सुरेन्द्र चौधरिले गरेको गोल नै निर्णायक गोल सावित भयो । यसैबिच भोलि सनिवार बिहान सात बजे वडा न १९ र ७ बिच पहिलो खेल त्यस्तै दोस्रो खेल वडा न ४ र ५ बिच हुने आयोजकले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्