घोराही १४ मा सरसफाइ सम्मेलन, वास समिति पनि गठन



सैघाली खबर

दाङ , २५ जेठ । दाङको घोराही उपमहानगरपालिका १४ ले पूर्ण सरसफाइ कार्ययोजना तथा रणनीतिक सम्मेलन गरेको छ ।सम्मेलनमा वडाभित्रका ४८ वटा टोल विकास संस्था, उद्योग वाणिज्य संघ, विद्यालय, होटललगायतका क्षेत्रमा उपस्थिति एक सय पचास बढीले सरसफाइ योजना तयार पारेका छन् । यो योजनालाई अझै ब्यवस्थित गरी सार्वजनिक गर्न वडा अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा कार्यायोजना निर्माण समिति गठन गरिएको छ ।

जसमा खानेपानी डिभिजनका इञ्जिनियर तिलक न्यौपाने, उद्योग वाणिज्य संघका प्रदेश उपाध्यक्ष हेमराज बञ्जाडे, वास फोरमका गोविन्द खड्का, होटल ब्यवसायी समिति दाङका अध्यक्ष रुद्रबहादुर डाँगी, शिक्षा क्षेत्रबाट मानसिंह घर्ती र सहकारी क्षेत्रबाट दिलकुमारी बुढारहनुभएको छ । समितिमा माथिल्लो तहकै सहभागिता रहेकाले जिल्लाभरि नै नमूना बन्ने रणनीतिक योजना बनाउने भनिएको छ ।

सम्मेलनले वडा खानेपानी तथा सरसफाइ समन्वय समिति पनि गठन गरेको छ । जसको अध्यक्ष वडा अध्यक्ष शक्तिराम डाँगी, सदस्य सचिव वडा सचिव तिलकराम डिसी, सदस्यहरुमा टोल विकास संस्थाबाट नरबहादुर बुढाथोकी र टीका गुरुङ, शिक्षा क्षेत्रबाट भीमबहादुर बुढा, खानेपानी उपभोक्ताबाट धनबहादुर रोका, सहकारीको तर्फबाट दिलकुमारी बुढा रहनुभउको छ । उद्योग वाणिज्य, होटल ब्यवसायी समिति र नागरिक समाजबाट सदस्य राखिने छ ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले गर्नुभएको थियो भने समापन समारोहलाई घोराही उपमहारनगरपालिकाका प्रमुख नरुलाल चौधरीले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रमको बन्दसत्रमा खानेपानी तथा सरफाइ डिभिजन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख तिलक न्यौपाने, घोराही उपमहानरका वातावरण शाखा प्रमुख सुबोध रेग्मी र संस्थागत परिवार नियोजन क्लिनिकका इञ्चार्ज लक्ष्मी ढकालले प्रस्तुति राख्नुभएको थियो । ‘एक घर एक विरुवा, एक पसल एक गमला’ भन्ने नाराका साथ भएको सम्मेलनको सहजीकरण पत्रकार वास फोरम दाङका निवर्तमान संयोजक नरेन्द्र केसी र खानेपानी कार्यालयका प्राविधिक गजेन्द्र बहरीले गर्नुभएको थियो । वडास सदस्य नैना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमा फ्रेण्डस बाल क्लबका कलाकारले नाटक प्रस्तुत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्