प्रदेश ७

काँग्रेस पार्टी भंग गरिदिए हुन्छः शेरबहादुर देउवा

By थाहा अनलाइन

June 09, 2018

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्रका अन्तरघातीलाई कारबाही नगर्ने हो भने पार्टी नै भंग गरिदिए हुने बताएका छन् ।

उनले चुनावमा पार्टीलाई भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्नेदावी समेत गरेका छन् । अनलाइन खबरमा समाचार छ ।

कैलाली जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले भनेका छन् अन्तरघातकै कारण कांग्रेसले २५ देखि ३० सिट गुमायो । पार्टी सदस्य भएर पनि भोट पार्टीलाई नहाल्नेहरु अपराधी भएको भन्दै उनीहरुको सदस्यता खारेज गर्ने ठोकुवा गरेका समेत गरेका छन् ।

उनले भनेका छन्, ‘यो देशमा अब मेरो एउटै काम छ, अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र म विश्राम लिन्छु ।’ एक प्रसंगमा उनले कृष्णप्रसाद भटटराईको पालादेखि सुरु भएको अन्तरघात सदासदाका लगि अन्त्य गर्ने दाबी गरेका छन् । कार्यकर्तालाई उनको प्रश्न छ, पार्टीलाई नै हराएर को बहादुर भएको छ ?