पिछडिएको क्षेत्रको सूचीमा बाँकेको नरैनापुर



बाके २६ जेठ ।  सरकारले बाँके जिल्लो नरैनापुर गाउँपालिकालाई पिछडिएको क्षेत्रको सूचीमा राखेका छन् ।  जिल्लाकै विकटको रुपमा मानिएको राप्तीपारी सो गाउँपालिका शिक्षा, स्वास्थ्य, कृषि, सडक र विद्युतलगायत आवश्यक पूर्वाधारको प्रर्याप्त विकास हुन नसक्दा वर्षांैदेखि पछाडी पर्दै आएको छ ।


आवश्यक भौतिक पूर्वाधारको अभावमा सो क्षेत्रका नागरिक भारतीय बजारमाथि बढी आश्रित रहँदै आएका छन् । उनीहरुले दैनिक उपभोग्य बस्तुको खरिद बिक्री, बैंकिङ सेवा र स्वास्थ्य उपचारका लागि पनि भारतमाथि निर्भर रहँदै आएको छ ।

यो उनीहरुका लागि रहर होइन, बाध्यता हो । योसँगै त्यहाँ नेपाली मुद्राको समेत कारोबार हुदैन । सामान्य पसलका व्यापारीले नेपाली नोट लिनै मान्दैनन, यदि मुस्किलले लिए पनि अधियामा लिने गरेको लक्ष्मणपुरका मनिराम चमार बताउनुहुन्छ ।

अधिया अर्थात् रु १०० को नोटलाई रु ५० मा लिने गरेको छ, उहाँले भन्नुभयो— “हामीसँंग नेपाली नागरिकताको प्रमाण पत्र र जग्गाधनीको लालपूर्जा भएर हामी नेपाली त हाँै तर सरकारले आवश्यक सुविधा उपलब्ध नगराउँदा विदेशी नागरिक जस्तै जिवन निर्वाह गर्दै आएको छु” ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्