मुख्य समाचार

क्रिकेट समाचार लेखन सम्बन्धि तालिम

By थाहा अनलाइन

June 09, 2018

 

दाङ ,२६ जेठ । पत्रकारका लागि क्रिकेट सम्बन्धि समाचार घोराहीमा सुरु भएको छ । प्रेस सेन्टर ÷प्रेस चौतारी दाङको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै घोराही उप–उपमहानगरपालिका मेयर नरुलाल चौधरीले दाङलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँन खेल क्षेत्रको विकास गर्नुपर्ने वताउँनुभयो ।प्रमुख अतिथी समेत रहनु भएका मेयर चौधरीले दाङमा खेल क्षेत्रको विकासका लागि उपमहानगरपालिका अगाडी बढेको वताउँनुभयो । क्रिकेटको विकासका लागि उपमहानगरपालिकाले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान तयार पार्न थालेको बताउँनुभयो ।

प्रेस सेन्टर दाङका कार्यवहाक अध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्मा,पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, राप्तीका शरद अधिकारी, प्रेस युनियन दाङका उपाध्यक्ष बशुन्धरा गौतम क्रिकेट संघ दाङका सल्लाहकार किशोर चन्द्र गौतम, मानव अधिकारकर्मी विकिरण गौतम लगाएतले वोल्नु भएको थियो । प्रेस चौतारी दाङका अध्यक्ष जे.एन. सागरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेम राम्जाले गर्नु भएको थियो ।