अलपत्र अञ्चल आर्युवेदको योगाहल खुल्ला चौरमा योग



 

दिपक बोहरा, तुलसीपुर २६जेठ ।

राप्ती अञ्चल आर्युवेद औषधालयमा २०७१ मा योगाहल निर्माण शुरु भयो । शुरुवातीमा जति काम भएको थियो, त्यो भन्दा एक कदम पनि प्रगति हुन सकेको छैन् । भवन निर्माण शुरु भएको चार बर्ष बितिसक्दा पनि योगाहल निर्माणको काम अधुरै छ । अहिले योगाहल निर्माणको कार्य अलपत्र जस्तै बनेको छ । अञ्चल आर्युवेद औषधालयको प्राङ्गणमा निर्माणाधिन अबस्थामा रहेको भवन निर्माण को काम कहिले पूरा हुन्छ, यो प्रश्न भने जवाफ भने कुनै पनि निकायले दिन सकिरहेको छैन् । न, त स्थानीय सरकार, न त प्रदेश न त केन्द्रीय सरकारले योगाहल निर्माणको काम कहिले पूरा हुन्छ, भनेर जवाफ दिन सकिरहेका छैनन् । तर आर्युवेद औषधालय प्रशासन भने सोही प्रश्नको जवाफ खोजिरहेको छ । यही बर्ष बैशाख देखि योगाहल निर्माणको कार्यले पूर्णता नपाएपनि योग कार्य पनि शुरु भएको छ, तर खुल्ला आकास मुनी । आज भोली त केही सहज होला, तर बर्षादमा भने योग कार्य प्रभाबित हुने औषधालय प्रशासनले बताएको छ । भवन नहुँदा जति जनाको संख्यामा योगामा आउनु पर्ने हो, त्यतिलाई समावेस गर्न नसकिएको औाधालयका निमित्त प्रमुख एकराज भण्डारीले बताए । ‘हल निर्माण भएमा धेरैजनालाई योगामा समावेस गर्न सकिन्थ्यो’उनले भने‘तर अहिले हल निर्माण नहुँदा थोरैलाई मात्रै योगामा समावेस गराउन सकिएको छ ।’ आफुहरुले पटक पटक बजेटको लागि बिभिन्न निकायमा माग गर्दा पनि कुनै चासो नदिएको उनको गुनासो थियो । ‘योगाहल निर्माणको कार्यलाई पूर्णता दिन भनि बिभिन्न निकायमा माग ग¥यौं’उनले भने‘तर कुनै पनि निकायले चासो देखाएनन् । ’ योग गराउनका लागि एक जना बैद्यको दरबन्दी पनि छ, दरबन्दीमा कर्मचारी पनि आएका छन् । बैद्यले योग गराउने भएपछि त्यसप्रति आकर्षण बढेको भएपनि हल निर्माण नहुँदा समस्या भएको उनको भनाई छ । राप्ती अञ्चल औषधालयमा यही बर्षको बैशाख २७ देखि नियमित योगा कार्य भईरहेको छ ।

७ लाख बजेटमा शुरु भएको भवन निर्माण कार्य अहिले अलपत्र अबस्थामा छ । तत्कालिन औषधालय प्रमुख डा.गोकर्ण दाहालले भने ‘ २०७१ सालमा योगाहल निर्माणको शुरु भएको हो, तर अहिले सम्म पनि पूर्णता पाउन सकेको छैन् ।’ सरकारले पहिलो बर्ष मात्रै बजेट बिनियोजन गरेको तर अर्को बर्ष देखि कुनै वास्ता नदिँदा अहिले योगाहल अलपत्र बनिरहेको उनले बताए । ‘सरकारले पहिलो बर्ष मात्रै सात लाख बजेट पठायो’उनले भने‘तर त्यसपछि कुनै पनि बजेटको ब्यबस्था नगर्दा भवन निर्माण कार्य अलपत्र भएको छ ।’ तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष ४ लाख बराबरको लगानीमा ढलाई गरिदिएको थियो । तर त्यसपछि उपमहानगरपालिको पनि भवन निर्माणको कार्यलाई पूर्णता दिन कुनै चासो नदेखाएको राप्ती अञ्चल आर्युवेद औषधालयका निमित्त प्रमुख भण्डारीको भनाई छ । भवन निर्माण नहुँदा अहिले खुल्ला चौरमा योग गराउन बाध्य रहेको योग प्रशिक्षक मञ्जित कुमार यादवले बताए । ‘ अहिले सम्म योगाहल निर्माणको काम पूरा भएको छैन्’ ’उनले भने‘जसले गर्दा खुुल्ला चौरमा योग गराउन बाध्य छौं ।’ बर्षादको मौसम शुरु भएको भन्दै बर्षादको समयमा खुल्ला चौरमा योग गराउन सस्या हुने उनको भनाई छ । ’ योग स्वास्थ्यका लागि उपर्युक्त भएकाले योग प्रति आर्कषण बढ्दै गएको भन्दै यसको प्रभाबकारीताका लागि स्थानीय सरकारले पहल थाल्नु पर्ने उनको भनाई थियो । अहिले राप्ती अञ्चल आर्युवेद औषधालय तुलसीपुरमा ३५ जनाले योगा गरिरहेको उनको भनाई छ । हल निर्माण भएमा योगा गर्नेहरुको संख्या बढ्ने र प्रभाबकारी हुने उनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्