लमहीनगरपालीकामा नेपाली काग्रेश झण्डै एक हजार मतले अगाडी



दाङ, १९ असार । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले झण्डै एक हजार मत अन्तरले अग्रता लिएको छ । लमहीमा ४७४१ मत गणना भएको छ ।

मेयरमा कांग्रेसका उम्मेदवार जोगराज चौधरीले २०२९, एमालेका कुलबहादुर खत्री क्षेत्रीले ११४१, माओवादी केन्द्रकी द्रोपति पौडेलले ११०८, संघीय समाजवादी फोरम नेपालका प्रकाशकुमार चौधरीले २४७, राप्रपाका भेषराज चौधरीले २३८, स्वतन्त्रका डिल्लीबहादुर खड्काले १८४, नेकपा ९माले०का प्रेमप्रसाद पुलामीले ४५, राजमोका कुलचन्द्र पोखरेलले ३५ र स्वतन्त्रका हिमन्ता घिमिरेले २ मत पाएका छन् ।

मेयरमा टिकट नपाएपछि कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्काले मेयरमा बागी उम्मेदवारी दिएका थिए । उनले कांग्रेसबाट खासै मत काट्न सकेनन् ।

उपमेयरमा कांग्रेसकी देवका बेल्वासेले २०७०, माओवादी केन्द्रका कालुराम चौधरीले ११४९, एमालेकी मीनादेवी गुरुङले ११२५, राप्रपाकी हेमा चौधरीले २६७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका खेमलाल चौधरीले ७९, स्वतन्त्रका निमबहादुर थापाले ३३, राजमोकी श्रीमती लेकी भुसालले १२ र स्वतन्त्रबाट अरुण बिसीले ६ मत पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्