सोहरेका नाला बिगार्नेबाट क्षेतिको असुली



गोविन्द खड्का
घोराही, २६ जेठ
लामो समय देखि अबरुद्ध भएका नाला खुलाउन घोराही उपमहानगरपालिकाले बिशेष कार्यक्रम चलाएको छ । त्यसरी सफा गरेका नाला थुन्नेगरी विगार्ने बाट क्षेतिपुर्ति असुली गर्न बताएको छ ।
नाला सोहर्ने क्रममा शहिद लखनपार्क नजिक एकजना मजदुर घाईते भए । उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार गरियो । उपचार खर्च र अस्पताल भर्ना भएको दिनको पारीश्रमीक घर धनिबाट भराएको घोराही १४ ले जनाएको छ । ढकन निकाल्ने बेलामा खुट्टामा बज्रेर घाईते भएका थिए । तत्कालै उनलाई राप्ती उपक्षेत्रीय अस्पताल लगि उपचार गरिएको थियो ।
नाला थुनिएर खुलाउन मुश्लि भएको सरसफाइ कर्मचारी विरबहादुर विकले जानकारी दिनुभयो । उहाका अनुसार घोराही १५ को शहिद उमेशमार्ग रोडमा टेङ्ककर बाट पानी खन्याएर नाला खोलिएको थियो । ढकन उप्काउन नसकिएपछि भित्र पस्न मिलेन । अन्तिम उपाए ट्याकर बाट पानी खन्याई पास गरीयो । त्यसले नाला पनि सफा बनाएको विकले जानकारी दिनुभयो ।
डुङ डुङति गन्हाउने नाला घर अगाडि रहदा सम्म सरसफाइ अभियान चलाउन नसकिने निष्कर्षमा घोराही उपमहानगरपालिका पुगेको छ । रंग रोगन गरिएको घर जति चिटिक्क पारेपनि उनिहरुलाई त्यहि नालाको दुर्गन्धले खतरा निम्त्ईरहेको हुन्छ । रोगका शिकार र दुर्गन्धको खानी हुन्छ । पहिलो चरणमा नाला सफा गर्न लागेको घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डागिले जानकारी दिनुभयो । घोराही १४ का अध्यक्ष समेत रहनुभएका डागिले नाला पछि क्रमसः अरु सफाइ गरिने बताउनुभयो ।
घोराही बजारका सबै नालाहरु सफा गरीने उपमहानगरपालिकाले बताएको छ । यसलाई कम्तीमा पा“च बर्षको एक पटकको गरिने कामका रुपमा लिएको उपमहानगरपालिकाको भनाई छ । अहिले गरेको सफाईलाई यो उपमहानगरपालिकाको काम हो, भनेर नगरवासीले व्यवास्था गरे घातक हुने संयोजक डागिले जानकारी दिनुभयो । सफा गरियो अब हामिले नालामा केहि खसाल्ने होईन भन्ने रुपमा नगरवासीले बुझ्नुपर्ने छ । फेरी थुनियो भने नगरवासीकै कारणले हुने छ । तयसलाई खुलाउन नगर वासिले आफ्नो निजि लगानी गर्नुपर्ने छ ।
एक पटक सफा गरेको क्षेत्रमा अर्कोपटक उपमहानगरपालिका नजाने डागिले बताउनुभयो । कतैका नाला पनि थुनिन नदिन आग्रह गर्नुभयो । पटक पटक बजेट व्यवस्था नहुने र एउटै काममा नअल्झीने उपमहानगरपालिको भनाई छ । जसका कारणले जुन ठाउमा थुनिन्छ त्यसको खर्च उसैले व्यहोर्ने छ । त्यसक्रममा हुने अन्य क्षेतिका जिम्मेवार पनि उसैले लिनुपर्ने संयोजक डागिले बताउनुभयो । गम्भिरता पुर्वक लिन र नाला फोहर गर्न बाट सचेत रहन आग्रह गनुृभयो । नाला सफा गरेपछि अन्य सरसफाईका कार्यक्रम अघि बढाउने बताएको छ । नलालाई सरसफाइको जगका रुपमा लिएको संयोजक डागिले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्