सुन्दा निकै अचम लाग्छ । घटना हो सिंगापुरको । त्यहा एक युवकले आफ्ने घरमा पालेको विषालु गोमन सर्पसँग बिहे गरेका छन् । तर उनले सर्पसँग बिहे गर्नुको कारण निकै अनौठो तथा दर्दनाक छ ।
सर्पसँग उनको लगाव धेरै थियो र सँगै खाने, घुमफिर गर्ने, खेल्ने काम गर्दथे । सर्पसँगको सम्बन्ध यति आत्मीय बन्यो कि अन्ततः उनले बिहे नै गरे ।
ती युवकका अनुसार उनकी एक प्रेमिका थिइन्, जसको ५ वर्षअघि मृत्यु भएको थियो । उनले निकै प्रेम गर्दथे प्रेमिकालाई । प्रेमिकाको मृत्युपछि सर्पसँग उनको प्रेम र लगाव यसरी बस्यो की उनले सोँचे मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकी छिन् । अनि उनले त्यहीँ सर्पसँग बिहे गरे ।
१० फुट लामो गोमन साँप देख्दा मानिस तर्सिन्छन् । तर ती युवक चाहीँ सँगै खाने, सुत्ने, घुमफिर गर्ने, खेल्ने गर्दछन् । कतै पिकनिक जाँदा पनि सर्पलाई लिएर जान्छन् । यो निके विषालु जातको सर्प भएप्नि पनि ती युवकलाई कहिल्यैपनि डसेको छैन ।
ती युवक बौद्ध धर्माबलम्बी भएको र पुनर्जन्ममा विश्वास गर्ने भएकाले सर्पलाई आफ्नी प्रेमिकाको पुनर्जन्मको रुपमा लिएको बताइएको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।